गोरखा । गोरखामा विप्लपका कार्यकताहरुले बन्द संगै सामाजिक काम पनि गरेका छन् । उनीहरुले गोरखा सदरमुकाम जेब्रा क्रस निर्माण गरेका छन् ।
नेपाल बन्दको अबशरमा जिल्ला सेक्रेटरी कपिल भट्टको नेतृत्वमा रहेका कार्यकताहरुले गोरखा नगरपालिका ६ को लोकतान्त्रिक चोक र जिबिस चोकमा जेब्रा क्रस निर्माण गरेका हुन् ।
‘बन्द संगै रचनात्मक काम पनि गरौ भनेर हामीले जेब्रा क्रस निर्माण गरका हौ’ नेकपाका जिल्ला सेक्रेटरी कपिल भट्टले भने । ‘दुई स्थानमा सुरु गरेका छौ, खर्चले धानेसम्म अन्य स्थानमा पनि जेब्रा क्रस निर्माण गर्ने लक्ष्य रहेको’ भट्टले बताए ।



