गोरखा । गोरखा अस्पतालको नयाँ भवन निर्माण भए लगत्तै नयाँ नयाँ सेवाहरु दिन सुभारम्भ गरिएको छ । अस्पतालले पछिल्लो पटक ८ बिशेषज्ञ डाक्टर सहित विस्तारित सेवा सुरु गरेको हो ।
०७२ सालको बिनाशकारी ‘गोरखा भूकम्प’ पछि जर्मनको केएमडब्लुको सहयोगमा सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ । अस्पतालमा आवश्यक सबै सामाग्री समेत विभिन्न निकायकाट प्राप्त भएपछि अस्पतालले नियमीत सेवा बाहेक पनि अन्य सेवाहरु प्रारम्भ गरेको निमित्त मेसु डा.हरीकुमार श्रेष्ठले जानकारी दिए ।
अस्पतालले केही दिनदेखी २ जना प्रसुति तथा स्त्रीरोग विशेषज्ञ, १ जना जर्नरल, १ जना शल्यक्रिया, १ जना बालरोग, १ जना मनोचिकित्सक तथा २ जना दन्त शल्यक्रिया डाक्टर सहितको बिशेषज्ञ डाक्टर सहितको सेवा प्रारम्भ गरेको गोरखा अस्पतालका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी कृण्ण ढकालले बताए ।
विस्तारित नयाँ सेवाहरु भने दैनिक ३ः०० बजेदेखी ५ः०० बजेसम्म विरामीहरुले लिनसक्ने अस्पताल प्रशासनले जनाएको छ । यो सेवाकालागी सेवाग्राहीले ४०० रुपैयाँ शुल्क तिनुपर्ने छ । अस्पताल प्रशासनका अनुसार विस्तारित सेवा जनस्वास्थ्य ऐनको दफा ३१ बमोजिम नागरिकलाइ स्वास्थ्य सेवामा पहुच पुरयाउन गरिएको हो ।
अस्पतालमा दिउसो १ः०० बजेसम्म आउने बिरामीलाइ भने नियमीत सेवा मार्फत नै उपचार गरिने छ भने १ः०० बजेभन्दा पछि आउने बिरामीले विस्तारित सेवा मार्फत उपचार गराउनु पर्ने छ ।
सेवा प्रारम्भ भए लगत्तै बिरामीले सेवा लिन सहज हुने र चिकित्सकले सेवा दिन समेत सहज हुने अस्पताल ब्यवस्थापक लिपासा श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अबको केही समय भित्रै डायलसिस सेवा, थाइराड टेष्टका साथै जेरियाटिक र कल्चर सेवा समेत सुरु गरिने भएको छ ।
अस्पतालमा एनेस्थेसियोलोजिष्ट अभावका कारण ठुला शल्यक्रियामा समस्या भएको गोरखा अस्पतालका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए ।



