गोरखा । एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको नेपाल बन्दको प्रभाव गोरखामा देखिएको छ ।
बन्दकर्ताहरु सडकमा नदेखिए पनि सार्वजनिक सवारी तथा निजी सवारी तथा ब्यापार ब्यवसाय पूर्ण रुपमा बन्द भएको छ । त्यस्तै गरी बिद्यालय तथा कलेज समेत सबै बन्द भएको छ । सडकमा एम्बुलेन्स, शब बहान, सञ्चारकर्मीका केही सवारी तथा सुरक्षाकर्मी र दुध तथा तरकारी बोकेका सवारी मात्र चलेका छन् । बन्दको प्रभाव जिल्ला भरी परेको छ ।
बन्दकर्ताहरुको उच्छृङ्खल गतिविधिलाई रोक्न गोरखा सदरमुकामको चोक चोकमा नेपाल प्रहरी र शसत्र प्रहरी परिचालन गरीएको छ ।
बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टी रहेका छन् ।


