काठमाण्डौँ । आर्यन सिग्देल र पूजा शर्मा एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन् ।अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका शिशिरजय खरेलको ‘तिमी हौ तिमी’मा उनीहरु एकसाथ देखिएका हुन् ।
गीतमा गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको युगल स्वर यस गीतमा सुन्न सकिन्छ । गीतमा शिशिरजय खरेलको शब्द संगीत रहेको छ । विषम आचार्यले गीतलाई संगीत संयोजन रहेका हुन् । म्युजिक भिडियोमा आर्यन सिग्देल र पूजा शर्मा लाई रोमाण्टिक मुडमा देख्न सकिन्छ ।
बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । रोजन ढकाल र एस पिपुल एजुकेशन एण्ड भिजा सर्भिसेसको सहकार्य रहेको यस भिडियोलाई ‘जय हो’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।




















