गोरखा । गोरखा काँग्रेसको कोषाध्यक्ष र प्रबत्ता चयन गरिएको छ । सोमबार नेपाली काँग्रेस गोरखाको बैठकले कोषाध्यक्षमा बलराम खड्का र प्रबत्तामा भगवानबावु मास्केलाई चयन गर्दै जिल्ला कार्य समितिलाई पूर्णता दिएको हो ।
लामो समयदेखी रित्त रहेको दुवै पद चयन भए पछि नेपाली काँग्रेस गोरखाले पूर्णता पाएको जिल्ला सचिव किशोरजंङ थापाले बताए । अझै केही सदस्यपदहरु चयन गर्न बाँकी रहेकोले अर्को बैठकमा छलफल गरेर चयन गर्ने तयारी भएको पनि गोरखा काँग्रेले जनाएको छ ।
बैठकमा आउदै गरेको स्थानिय चुनावका बिषयमा पनि छलफल चलेको जानकारी दिदै फागुन ७ गतेबाट निर्वाचन लक्षित कार्यक्रमहरु सञ्चालन हुने पनि सचिव थापाले जानकारी दिए ।
निर्वाचन लक्षित कार्यक्रम अन्तरर्गत फागनु ७ र ८ गते नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधी संग छलफल चलाईने भएको छ भने ९ र १० गते वडाका पार्टी सभापतिहरु संग छलफल हुने छ ।




















