काठमाण्डौँ । केहि समय अघि गीति संग्रह ‘जुनीभरिलाई’ र उपन्यास ‘मृगतृष्णा’ सार्वजनिक गरेका गायक, गीतकार एवम् लेखक पूर्ण लामिछाने (अविरल)ले ‘भ्यालेन्टाइन डे’ को कोसेली स्वरूप ‘माया लाईदेउन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक पूर्ण लामिछानेको सुमधुर स्वर सुन्न सकिन्छ । स्वयम् गायक लामिछाने शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापाले संगीतवद्द र संगीत संयोजन गरेका हुन् ।
सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । म्युजिक भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन् । पबी भट्टराई निर्मात्री रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘नमस्ते प्लस’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।




















