गोरखा । गोरखा शहिद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा दिईएको छ । पालिकाले सूचना जारी गर्दै लखन थापाको स्मृती दिवशमा पालिका भित्र सार्वजनिक बिदा दिईएको जनाएको हो ।
नेपालका प्रथम शहिद लखन थापाको आज परेको १४५औं स्मृती दिवशमा पालिकाले सार्वजनिक बिदा दिने निर्णय अनुसार बिदा दिईएको पालिकाले जनाएको छ ।
जहानियाँ शाणा शासन बिरुद्व लागेका थापाको तात्कालिन सरकारले शहिद लखन गाउँपालिका ७ बुंकोटको काहुँले भंगारमा झुण्डाएर मारेका थिए । थापा संगै उनका ६ जना सहकर्मीलाई पनि फागुन २ गते नै झुण्डाएर शाणाहरुले हत्या गरेका थिए ।


