गोरखा । गोरखा बारपाकका २ जना युवा ११ दिनपछि मृत्त फेला परेका छन् । गएको माघ २० गते नजिकै रहेको लाप्राकमा हिउँ खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका २ का १६ बर्षिय करण घले र १ का १६ बर्षिय साईला भन्ने सञ्जय घले मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको हो ।
माघ २० गते बिहीबार हिउँ खेल्न गएका दुवै युवा सोही दिनदेखी सम्र्पक बिहीन भएका थिए । स्थानिय र आफन्तले लामो सयमसम्म खोजतलास गर्दा पनि फेला परेका ति २ युवा आइतबार अर्थात फागुन १ गते प्रहरी र स्थानियले खोजी गर्दा बारपाक सुलिकोट गाउँपालिका १ को तिम्रा भन्ने स्थानमा रहेको खोचमा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।
माघ २० गते बिहान १०ः०० बजेको समयमा घर परिवारलाई लाप्राकमा हिउँ खेल्न भनि खबर गरेर गएका दुवै जना सोही दिनदेखी बेपत्ता भएका थिए ।
बेपत्ता भएका युवाहरुको परिवारले विभिन्न स्थानमा खोजी गर्दा पनि फेला नपरे पछि आफन्तहरुले माघ २३ गते बारपाक प्रहरी चौकीमा खोजबिनका लागि आवेदन दिएका थिए ।
गोरखा प्रहरीका अनुसार प्रारम्भीक अनुसन्धानमा दुवै युवा हिउँ खेल्ने क्रममा चिप्लीएर तिम्रा भिरको खोजमा पुगेको र त्यहाँबाट बाहिर निस्कन नसकेको देखिएको हो । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान थालेको गोरखा प्रहरीले जनाएको छ ।


