गोरखा । गोरखामा एक साता यता क्रमश.कोरोना संक्रमितहरु घट्न थालेका छन् । शुक्रबारसम्म जिल्लाभरी सक्रिय संक्रमितको संख्या ३० जनामा झरेको छ ।
आज आरुघाट गाउँपालिकामा २ जना महिलामा एन्टिजेन परिक्षण गर्दा १ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयका अनुसार आजै थप ७ जनाले कोरोना जित्न सफल भएको छ ।
जिल्लाको शहिद लखन, गण्डकी, बारपाक सुलिकोट, सिरानचोक, धार्चे र चुमनुब्रीमा शुन्य संक्रमित रहेको छ भने अन्य ५ स्थानिय तहमा ३० जना संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।
संक्रमित रहेका मध्ये आरुघाट गाउँपालिका र पालुङटार नगरपालिकामा ७–७ जना, गोरखा नगरपालिकामा ६ जना र भीमसेन थापा र अजिरकोट गाउँपालिकामा ५–५ संक्रमित रहेका छन् ।



