काठमाण्डौं । गायक ओजस्वी प्रदिप धमलाले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘सुनन’ सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक धमलाको शब्द संगीत रहेको छ । शिवम रसाइलीको गीतमा संगीत संयोजन रहेको छ ।
अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा सविता कुटु र गायक धमला फिचर्ड छन् । भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ ।
म्युजिक भिडियो ओपीडी ट्युन्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।


