गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणका लागि आज विभिन्न समितिहरु गठन गरिएको छ । शाखाको आज बसेको बैठकले भवन निर्माण समिति, सल्लाहकार समिति र अनुगमन समिति गठन गरेको हो ।
शुक्रबार बसेको शाखाको बैठकले भवन निर्माण समितिमा बर्तमान अध्यक्ष नरहरी सापकोटाको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ । जसको सचिवमा हरीराम उप्रेती र कोषाध्यक्षमा रेनु श्रेष्ठ तथा सदस्यहरुमा आत्माराम श्रेष्ठ, नरेन्द्र ढकाल, दानबहादुर गुरुङ र अश्विन दानी रहेको पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टाले जानकारी दिए ।
आजै बसेको बैठकले भवन निर्माण सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा निर्वतमान अध्यक्ष किशोरजंङ थापा, भूपु अध्यक्ष भिमलाल श्रेष्ठ र दिपक श्रेष्ठ ‘जलन’ रहेको शाखाले जनाएको छ ।
त्यस्तै गरी, भवन अनुगमन समितिमा भूपु अध्यक्ष एवं नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सचिव सुशिलबावु श्रेष्ठ (कैलास), शिव उप्रेती र किरण लोहनी रहेको समिति गठन गरिएको छ ।
शाखाले हालै खरिद गरेको र दाताले दिएको गोरखा नगरपालिका ८ को तिसमुरे भन्ने स्थानमा ४ आना जमिनमा प्रदेश सरकारले उपलब्ध गराएको १० लाख रुपैयाँले भवन निर्माण गर्न लागेको गोरखा शाखाले जनाएको छ ।




















