गोरखा । गोरखामा आज ३ जना संक्रमित थपिएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार ८ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३ जनामा संक्रमण पुष्टी भएको हो ।
आज संक्रमण देखिएका मध्ये आरुघाट गाउँपालिकामा ३ जना महिलामा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार आरुघाटमा ३ जना महिला र अजिरकोटमा ५ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो ।
कार्यालयले आज सार्वजनिक गरेको विवरण अनुसार सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको छ ।



