गोरखा । गोरखाको बुंकोटमा महिलाहरुलाई स्वारोजगारी गर्ने अभियान अन्तरर्गत जुनियर ब्युटिसियन तालिम आजबाट सञ्चालनमा आएको छ ।
प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद अन्तरर्गत रहेको गोरखा बहुप्राविधिक शिक्षालय पालुङटारको आयोजना तथा शहिद लखन गाउँ गाउपालीका ७ को समनन्यमा महिलाहरुको लागि निःशुल्क तालिम सञ्चालन भएको हो ।
स्थानिय तहको लागत प्राविधिक सहयोगमा पहिलो तहको ३९० घण्टाको तालिम सञ्चालन गरिएको हो । तालिममा शहिद लखन गाउँपालिक ६, ७, ८ र ९ का गरी २० जना महिलाहरु सहभागी भएका छन् ।


