गोरखा । गोरखामा आज १ जना संक्रमित थपिदा २७ जनाले कोरोना जित्न सफल भएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार ५ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जनामा संक्रमण पुष्टी भएको हो ।
आज संक्रमण देखिएका मध्ये भीमसेन थापा गाउँपालिकामा ४ जना महिला र १ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १ जना महिलामा संक्रमण देखिएको छ ।
कार्यालयले आज सार्वजनिक गरेको विवरण अनुसार अजिरकोट, सिरानचोक र धार्चे गाउँपालिका बाहेक अन्य ८ स्थानिय तहमा ६७ जना संक्रिय संक्रमित रहेको पनि उल्लेख गरेको छ ।





















