काठमाण्डौं । युवा गायक दिल बिश्वकर्माले ‘तिम्रै लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । कोरियामा रहेका रहेका गायक बिश्वकर्माको यस गीतमा स्वर, शब्द र संगीत समावेश छ ।
गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ । प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिश्वकर्मा र बिना राउत फिचर्ड छन् । नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन् ।
भिडियो सुबोल थापाको निर्देशनमा तयार पारिएको हो । गायक बिश्वकर्माको च्यानल ‘दिल बिश्वकर्मा अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायक बिश्वकर्माको स्वरमा रहेको ‘अस्ट्रेलिया जाउली माया स्रोता माझ लोकप्रिय छ ।


