गोरखा । गोरखामा आइतबार विभिन्न स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप १३ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार ३९ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टी भएको हो ।
आज संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा ५–५ जना महिला र पुरुष गरी १० जना, पालुङटार नगरपालिकामा १ जना महिला र आरुघाट गाउँपालिकामा २ जनाम महिलामा संक्रमण देखिएको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार २२ जना महिला र १७ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा ८ जना महिला र ५ जना पुरुषमा संक्रमण देखिएको हो ।




















