गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका ७ बोर्लाङमा आज एक युवकको शव फेला परेको छ । गएको ७ दिनदेखि हराइ रहेको शहिद लखन गाउँपालिका वडा नम्बर ८ का सन्दिप परियारको शव भेटिएको हो ।
सामाजिक सञ्जालमा अन्दाजी ४२ बर्षका एक पुरुष मृतावस्थामा शव भेटिएको भन्ने जानकारी आएपछि उत्त शव परियारको भएको पुष्टी भएको वडाध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिए । बारीमा उत्ताने परेको अबस्थामा शव भेटिएको स्थानीयको भनाई छ ।
मृतक परियार मानसिक रोगी भएको पाइएको परिवारिक स्रोतले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याएको छ ।
घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।




















