गोरखा । गोरखा नगरपालिकाको आज सम्पन्न नवौ नगरसभाले बिभिन्न ५ वटा बिद्येयक पारित गरेको छ ।
नगरप्रमुख राजनराज पन्तले पेश गर्नुभएको नगरपालिकाको बन बिद्येयक २०७८, गोरखा नगरपालिकाको कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको बिद्येयक २०७८ नगरसभाले पारित गरेको हो ।
त्यस्तै गोरखा नगरपालिकाको प्रज्ञा प्रतिष्ठान बिद्येयक २०७८, गोरखा नगरपालिकाको बिकास प्राधिकरण बिद्येयक २०७८, गोरखा नगरपालिकाको सार्वजनिक निजि साझेदारी तथा लगानी बिद्येयक २०७८ पनि नगरसभाले पारित गरेको छ ।
शुक्रबार सम्पन्न नगरसभाले गोरखा नगरपालिकाको सहकारी ऐन २०७४, गोरखा नगरपालिकाको आर्थिक ऐन र बिनियोजन ऐन २०७८ लाई पहिलो पटक संसोधन गरेको छ ।




















