गोरखा । ११ बर्ष अगाडी बाँके जिल्लामा युवक अपरहरण गरेर हत्या गरी फरार रहेका १ युवकलाई गोरखा प्रहरीले पक्राउ गर्न सफल भएको छ । लामो सयम भारतमा बसेका उनी गोरखामा रहेको मामा घरम आएको बेला प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
२०६७ माघ ३ गते जिल्ला बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ बस्ने बर्ष २१ बर्षका हिमाल बुढालाई अपहरण गरी साबिक जिल्ला बाँके नौबस्ता ४ मा लगी हत्या गर्ने सौभाग्य मल्ललाई गोरखा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
बुडाको अपहरण पछि हत्या गरेर हाल सम्म फरार रहेका जिल्ला बाँके साबिक नेपालगञ्ज उप महानगरपालिका १३ हाल वडा नं. १० स्थायी घर भएका मल्ल गोरखा सदरमुकाममा लुकिछिपी बस्दै आएको सूचनाको आधारमा मल्ललाई गोरखा प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
मल्ललाई माघ २१ गते अर्थात शुक्रबार गोरखा नगरपालिका ६ को पाटेचौरबाट पक्राउ गर्न सफल भएको हो । मल्ललाई शनिबार जिल्ला प्रहरी कार्यालय बाँकेसंग समन्वय गरी आवश्यक न्यायिक प्रक्रियाको लागि बाँके प्रहरीको टोलीलाई जिम्मा लगाई पठाईएको गोरखा प्रहरीले जनाएको छ ।


