गोरखा । गोरखाको फिनाममा १ जना महिलाको मृत्त शरिर फेला परेको छ । गोरखा नगरपालिका ४ फिनामा पन्तेस्वारा घर भएकी ६० बर्षिया ठुली खनखवासको मृत्त शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बिहीबार साँझ ७ः०० बजेदेखी घरबाट अचानक हरेकी ति महिला छिमेकी कृण्ण कुवरको बारीमा मृत्त अवस्थामा शुक्रबार दिउसो २ः० बजे फेला परेको हो ।
घटना स्थलमा कोखे आहाले र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली पुगी आवश्यक कानूनी प्रकृया पछि महिलाको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
घटनाको बारेमा आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


