गोरखा । चितवन को–ई समुह अन्तर्गतको मनकामना दर्शन प्रालिले मनकामना केबल कारको टप स्टेशनमा रिसोर्ट निर्माण गर्ने भएको छ । ९ रोपनी क्षेत्रफलमा रिसोर्टमा कुल ३५ करोड १८ लाख रुपैयाँ लगानीमा रिसाृर्ट निर्माण हुने भएको हो ।
४० कोठा क्षमताको हुने उक्त रिसोर्ट लग्जरी सेगमेन्टको हुने र डेढ वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइसक्ने लगानी कर्ता मध्ये राजेशबावु श्रेष्ठले बताए ।
रिसोर्टमा स्ट्याण्डर्ड रेष्टुरेण्ट, १०० जना क्षमताको कन्फ्रेन्स हल लगायतका सुविधा रहने प्रालिले जनाएको छ ।
मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय प्रवर्द्धन गर्ने उद्धेश्यले रिसोर्ट संचालनमा ल्याउन लागिएको श्रेष्ठले बताए । रिसोर्ट सञ्चालनमा आएसँगै स्थानीय रोजगारी सिर्जना र स्तरीय पर्यटकको आवगमनमा वृद्धि हुने उनको विश्वास छ ।
प्रालिले सञ्चालन गर्दै आएको केबलकार समेत स्तरोन्नतीको काम हुदै आएको छ । एनागल प्रविधिबाट डिजिटमा जान लागेको केबलकारको लागि पनि प्रालिले करिब ३० करोड रुपैयाँ खर्चदै गरेको श्रेष्ठले बताए ।


