गोरखा । गोरखामा बिहीबार थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बिहीबार आरुघाट र चुम नुब्री गाउँपालिका गरिएको एन्टिजेन परिक्षणका क्रममा थप १८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये आरुघाट गाउँपालिकामा १–१ जना महिला र पुरुष तथा चुमनुब्री गाउँपालिकामा १३ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको हो ।
कार्यालयले उपलब्ध गराएको विवरण अनुसार ३२ जना महिला र २० जना पुरुष गरी ५२ जनामा परिक्षण गर्दा १४ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको हो ।
बिहीबारसम्म जिल्लाको धार्चे गाउँपालिका बाहेक १० वटा स्थानिय तहमा सक्रिय संक्रमितको संख्या १२३ पुगेको छ ।



