काठमाण्डौं । प्रियाना आचार्य ‘मुन्नी’ र गायक अमन प्रधान एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन् । ‘नक्कली’ बोलको गीतमा उनीहरु एकसाथ देखिएका हुन् ।
युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यस गीतमा शब्द गायिका एवम् गीतकार अबुन पाण्डेको रहेको छ । टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।
बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियोमा तयार पारिएको हो । कान्तिपुर होलिडेज अस्ट्रेलियाको सहयोग रहेको यस भिडियोलाई गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत सार्वजनिक गरिएको हो ।




















