गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पालिका स्तरीय नेपाल बराम संघ गठन भएको छ । सञ्जित बरामको अध्यक्षतामा पालिका स्तरीय बराम संघको गठन भएको हाे ।
नवगठित संघको उपाध्यक्ष यामकुमारी बराम, कुमारी बराम, नरबहादुर बराम, सचिवमा विसमान बराम , सह सचिवमा सुमित बराम, सुकमान बराम र कोषाध्यक्ष लक्ष्मी बराम चयन भएका छन् ।
भेलाको उद्घाटन कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बराम समुदायको आर्थिक सम्बृद्धीका लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्दै जाने बताए ।
कार्यक्रममा वडाध्यक्ष कृष्ण गुरुङ, नेपाली काँग्रेसका नरहरी शर्मा वाग्ले र एमालेका हरीकुमार श्रेष्ठ ,लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।




















