गोरखा । गोरखामा आज थप १० जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार २० जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १० जनामा संक्रमण पुष्टी भएको हो ।
बुधबार गोरखा अस्पतालमा २)० जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १० जनामा संक्रमण देखिएको हो । कार्यालयका अनुसार ९ जना महिला ११ जना पुरुषमा गरिएको परिक्षणमा ३ जना महिला र ७ जना पुरुषमा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका सहित जिल्लामा १३२ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार नै थप ३८ जनाले कोरोना जित्न सफल भएको पनि कार्यालयले जनाएको छ ।





















