गोरखा । गोरखामा आज विभिन्न स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १५ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार ५० जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १५ जनमा संक्रमण देखिएको हो ।
आज संक्रमण देखिएका मध्ये पालुङटार नगरपालिकामा १ जना महिला र २ जना पुरुष गरी ३ जना, गण्डकी गाउँपालिकामा १–१ जना महिला र पुरुष गरी २ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै गरी, आरुघाट गाउँपालिकामा १ जना महिला र ४ जना पुरुष गरी ५ जना तथा बारपाक सुलिकोट गाउँपालिकामा ४ जना महिला र १ जना पुरुष गरी ५ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले आज सार्वजनिक गरेको विवरण अनुसार १९ जना महिला र ३१ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा ७ जना महिला र ८ जना पुरुषमा संक्रमण देखिएको छ ।
आजको संक्रमण दर भने ३० प्रतिशतमा झरेको छ । जबकी सोमबार दैनिक संक्रमण दर बढेर ६२ प्रतिशत पुगेको थियो ।
मंगलबारसम्म जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिका बाहेक ९ स्थानिय तहमा सक्रिय संक्रमितको संख्या १६० जनामा झरेको छ । मंगलबार नै जिल्लाको विभिन्न स्थानिय तहमा रहेको संक्रमित मध्ये २६ जनाले कोरोना जित्न सफल भएको पनि कार्यालयले जनाएको छ ।



