गोरखा । एम्नेस्टी इन्टरनेशनल ४२ को गोरखा शाखाको संयोजकमा सबिना पोखरेल सर्व सम्मत चयन भएका छन् । शाखाको भर्चुअल अधिवेशनले पोखरेलको संयोजकत्वमा ९ सदस्यीय समिति समेत चयन गरेको छ ।
जसको उप संयोजकमा साबित्रा थापा मगर, सचिवमा सर्मिला वाग्ले, सह सचिवमा लक्ष्मी खत्री र कोषाध्यक्षमा सरिता अर्याल सर्व सम्मत चयन भएको एम्नेस्टीको गोरखा शाखाले जनाएको छ ।
शाखाको अन्य सदस्यहरुमा सर्मिला अधिकारी, सरस्वती श्रेष्ठ, कल्पना प्रधान र मित्रा परियार रहेकी छिन् ।


