गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रबत्तामा गोरखाका मोहनप्रसाद श्रेष्ठ चयन भएका छन् । अध्यक्ष राजेन्द्र लिंङदेलले आइतबार श्रेष्ठलाई प्रबत्तामा चयन गरेका हुन् ।
लिंङदेलले २४ पदाधिकारीहरु चयन गर्ने क्रममा गोरखाका श्रेष्ठलाई पार्टीको प्रबत्ताको जिम्मेवादी दिएका हन् । श्रेष्ठ सहित अन्य भक्तिप्रसाद सिटौला झापा, सगुनसुन्दर लावती पाँचथर र गोपाल दाहाल मोरङलाई प्रवत्ताको जिम्मेवारी दिएका हुन् ।
अध्यक्ष लिंङदेलले सह प्रवत्तामा प्रविनकुमार ठोकर तामाङ, दिनेशकुमार शाह र पूर्णबहादुर चन्दलाई चयन गरेका छन् ।
त्यस्तै गरी, अध्यक्ष लिंङदेलले उपाध्यक्षमा हेमजंङ गुरुङ र मुकुन्द श्याम गिरीलाई चयन गरेका छन् भने राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद सहालाई महामन्त्रीमा चयन गरेका छन् ।
श्रेष्ठलाई पदाधिकारीमा समेत चयन गरेर प्रबत्ताको जिम्मेवारी दिएको हो ।


