गोरखा । गोरखाको विभिन्न स्थानिय तहमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा थप २४ जनामा संक्रमण पुष्टी भएको छ । कार्यालयका अनुसार ५ स्थानिय तहमा ४९ जनामा गरिएको परिक्षणका क्रममा २४ जनामा संक्रमण देखिएको हो ।
आइतबार संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा ४ जना महिला र ३ जना पुरुष गरी ७ जना, पालुङटार नगरपालिकामा १ जना महिला र ४ जना पुरुष गरी ५ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी, आरुघाट गाउँपालिकामा ३ जना महिला र ५ जना पुरुष गरी ८ जना तथा भीमसेन थापा र अजिरकोट गाउँपालिकमा १ र ३ जना पुरुष गरी ४ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले आज सार्वजनिक गरेको कोरोना विवरण अनुसार २३ जना महिला र २६ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा ८ जना महिला र १६ जना पुरुष संक्रमित भएका छन् । योसंगै जिल्लाको ११ वटै स्थानिय तहमा २१० जना सक्रिय संक्रमित रहेको छन् ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको संक्रमण देर ४८.९७ प्रतिशत रहेको छ ।



