गोरखा । गोरखाको विभिन्न पालिकामा बसोबास गर्ने १९९ जनाले गएको २ दिनमा कोरोना जित्न सफल भएका छन् । शुक्रबार र शनिबार गरेर २ दिनमा १९९ जनाले कोरोना जित्न सफल भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
स्वास्थ्य कार्यालय गाेरखाले आइतबार सार्वजनिक गरेकाे काेराेना चार्ट
शुक्रबार सक्रिय संक्रमित ३८५ जना रहेकोमा आइतबार दिउसोसम्म १९९ जना निको भए पछि त्यो संख्या घटेर १८६ जनामा झरेको छ ।
स्वास्थ्य कार्यालय गाेरखाले शुक्रबार सार्वजनिक गरेकाे काेराेना चार्ट
आज पनि विभिन्न स्थानमा कोरोना परिक्षणका लागी एन्टिजेन परिक्षण भई रहेको र साँझसम्म त्यसको रेकर्ड आउने कार्यालयले जनाएको छ ।




