गोरखा । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रिले प्रतिकुलता हाम्रो देशको नियती भएको भन्दै त्यही प्रतिकुलता बिच अनुकुलता ल्याउनु नेपाल प्रहरीको दायित्व भएको बताए ।
जिल्ला प्रहरी कार्यालय गोरखाको भवन उदघाट्न कार्यक्रममा बोल्दै महानिरिक्षक क्षेत्रिले ‘हामी कठिन परिस्थिती संगै चुनौती पूर्ण अवस्थामा रहेको’ भन्दै महानिरिक्षक थापाले ‘त्यही प्रतिकुलता बिच अनुकुलता ल्याउनु नेपाल प्रहरीको दायित्व भएको’ भएका हुन् ।
उनले प्रहरी कर्मचारीहरुको लागि देशैभर भवन अभाव भएको स्मरण गराउदै सबै स्थानमा भवन निर्माण दिवा स्वाप्न भएको भन्दै त्यसको चरिचार्थ हुन मनग्य बर्ष र मनग्य स्रोत खर्च गनुपर्ने बाध्यता रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय परिषरमा भएको कार्यक्रममा महानिरिक्ष क्षेत्रीले नेपाल प्रहरीले गौरब गर्न लायक भनेको आम नागरिकबाट नेपाल प्रहरीलाई गरेको सहयोग भएको सम्झदै नेपाल प्रहरीमा जागिर खाएर सबैलाई आफ्नो पेशा प्रति गौरब गर्न आग्रह गरे । ‘तपाईहरु जुन पेशामा हुनुहुन्छ त्यो पेशा गौरब गर्न लायक छ । यदी यही पेशामा अरु कोही मान्छे हुन्थ्यो भने प्रत्येक दिन जसरी बिताएको छ, त्यो बापत एउटा सत्य घटना लेख्न सक्थ्यो । हामीले त्यो घमण्ड गर्दैनौ ’ महानिरिक्षक क्षेत्रीले भने ।
प्रहरी कर्मचारीहरुलाई आफ्नो पेशालाई राशन र तलब संग जोडेर नहेर्न आग्रह गर्दै महानिरिक्ष क्षेत्रीले त्यसरी हेरे नेपाल प्रहरीमा जागिर खानु अन्याय हुने बताए ।
जिल्ला प्रहरी कार्यालय गोरखाको परिषर भित्र भएको उत्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, गोरखा नगरपालिका मेयर राजनराज पन्त र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाले शुभ कामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा महानिरिक्ष क्षेत्रीले जिल्ला समन्वय समिति, गोरखा नगरपालिका पूर्व प्रहरी नायव निरिक्षक नारायण भक्त अर्याललाई सम्मान गरेका थिए ।






















