गोरखा । जिल्ला प्रहरी कार्यालयको आज भवन उदघाट्न गरिएको छ । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले एक कार्यक्रम बिच भवनको उदघाट्न गरेका हुन् ।
०७२ सालको बिनाशकारी भूकम्प पछि कामै नलाग्ने गरी परिषर भित्र रहेको विभिन्न भवनहरु चर्कीए पछि पुरै संरचना नयाँ निर्माण गरिएको हो ।
नव निर्मित भवनको क्षेत्रीले रिबन काटेर उदघाट्न गरेका थिए । जिल्ला प्रहरी कार्यालय गोरखाको करिब १७ रोपनी जमिनमा कार्यालय भवन तथा विभिन्न तहका प्रहरी कर्मचारीहरु बस्ने आवासको निर्माण भएको छ ।




























