गोरखा । गोरखा बजारबाट २ जना टुहुरा बालिकाहरुको उद्वार गरिएको छ ।
सदरमुकाम क्षेत्रको सडक पेटी र खोला खाल्सीमा रात बिताउदै आएका तनहुँ धापटारकी ७ बर्षिया सपना र ९ बर्षिया रबनालाई गोरखा प्रहरीको सहयतामा मानव सेवा आश्रम गोरखाले उद्वार गरेको हो ।
दुवै बालिका मुस्लिम समुदायको भएको आश्रमले जानकारी दिएको छ । बालिकाको आमा बुवाको मृत्यु भई सकेकोले उनीहरु बेवारिसे अवस्थामा हिडढुल गर्ने गरेको आश्रमकी मुना लामाले जानकारी दिईन ।




















