गोरखा । प्रेस चौतारी, नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी निर्विरोध चयन भएका छन् । शनिबार गोरखा सदरमुकामको खोलखोलेमा रहेको एमाले पार्टी कार्यालयमा सम्पन्न भएको शाखाको चौथौ जिल्ला अधिवेशनबाट दानी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा सुजन न्यौपाने, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, सचिवमा रविकिरण रेग्मी, सहसचिव खुल्ला तर्फ सुजन बस्नेत, सहसचिव समावेशी तर्फ अर्जुन उपरकोटी र कोषाध्यक्षमा सुदीप धिताल चयन भएका छन् ।
त्यस्तै गरी, सदस्यहरुमा उर्मिला गुरुङ, अश्विन थापा, सुशील भारती, एलेस बयलकोटी, सुमिका गुरुङ र सर्मिला गुरुङ चयन भएका छन् ।


