गोरखा । गोरखाको पालुङटार क्षेत्रमा गुडी रहेको ट्याक्सीमा आगलागी हुदा पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट मानविय क्षति भने हुन नभएको गोरखा प्रहरीले जनाएको छ ।
शरिबार बिहान पालुङटार नगरपालिका ४ को मालिती गैराबाट लुइटेल तर्फ जादै गरेको ग. १ ज ६९७२ नम्बरको मनकामना यातायात प्रालिको ट्याक्सी पालुङार नगरपालिका ४ कै अर्चले भन्ने स्थानमा पुग्दा अचानक आगलागी हुदा पूर्ण रुपमा ध्वस्त भएको हो ।
सवारी चलेको १५ मिनेट पनि नपुग्दै ट्याक्सीको अगाडीको भागबाट कालो मुस्लो धुवा निस्किएको र निभाउने प्रयास गर्दा गर्दै आगलागी भएर कामै नलाग्ने अवस्थामा पुगेको मनकामना यातायात प्रालिेले जनाएको छ ।
ट्याक्सीमा चालक एक्लै भएको पनि प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
तस्बिर : भरत गैरे





















