गोरखा । गोरखाको विभिन्न स्थानिय तहमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा थप २५ जनामा संक्रमण पुष्टी भएको छ । जिल्लाको ७ वटा स्थानिय तहमा ५१ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप २५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये २६ जना महिला र २५ जना पुरुषमा गरिएको एन्टिजेनमा १० जना महिला र १५ जना पुरुषमा संक्रमण देखिएको छ ।
जस अनुसार गोरखा अस्पतालमा २ महिला र ८ जना पुरुष गरी १० जना, पालुङटार नगरपालिकामा २ जना महिला र १ जना पुरुष गरी ३ जना तथा गण्डकी गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी, आरुघाट गाउँपालिकामा २ जना महिला र १ जना पुरुष गरेर ३ जना, शहिद लखन गाउँपालिकामा १ जना महिला, भीमसेन थापा गाउँपालिकामा १ जना महिला र २ जना पुरुष गरी ३ जना तथा अजिरकोट गाउँपालिकामा २ जना महिला र ४ जना पुरुष गरी ६ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले आज जारी गरेको विवरण अनुसार संक्रमण दर घटेर ४९.०१ प्रतिशतमा झरेको छ । आज संक्रमण भएका सहित गोरखामा सक्रिय संक्रमितको संख्या ३८५ रहेको कार्यालयले जनाएको छ ।



