गोरखा । गोरखामा आज विभिन्न स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ३० जनामा संक्रमण पुष्टी भएको छ । ६७ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ३० जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
बिहीबार संक्रमण देखिएकाहरु मध्ये गोरखा अस्पतालमा ८ जना, पालुङटार नगरपालिकामा ६ जना, आरुघाट गाउँपालिकामा ४ जना, भीमसेन थापा गाउँपालिकामा ७ जना र अजिरकोट गाउँपालिकामा ५ जना रहेका छन् ।
२७ जना महिला र ४० जना पुरुष गरी ६७ जनामा गरिएको परिक्षणका क्रममा १२ जना महिला र १८ जना पुरुषमा संक्रमण देखिएको हो । जस मध्ये गोरखा अस्पतालमा ४–४ जना महिला र पुरुष, पालुङटारमा २ जना महिला र ४ जना पुरुष, आरुघाटमा १ जना महिला र ३ जना पुरुष, भीमसेन थापा गाउँपालिकामा ३ जना महिला र ४ जना पुरुष र अजिरकोटमा २ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
कार्यालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा संक्रमण दर घटेर ४४.७८ प्रतिशतमा झरेको छ । जिल्लाको ११ वटै स्थानिय तहमा गरी बिहीबारसम्म ३९४ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।



