काठमाण्डौं । धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशी जो आफन्त र प्रिय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरूप्रति समर्पित गर्दै गीतकार गोपाल लोहारले ‘तिम्रो याद आयो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
यस गीतमा सविन सुवेदीको सुमधुर स्वर सुन्न सकिन्छ । दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् । परदेशीको पिडा र मनोभावनालाई प्रस्तुत गरिएको मार्मिक तरिकाले प्रस्तुत गरिएको भिडियोमा विजय बराल, प्रमिला खनाल र माया पौडेलको जिवन्त अभिनय देख्न सकिन्छ ।
श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन् । गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।




















