गोरखा । बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा गोरखाबाट २ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट कमला पन्त र माओबादी केन्द्रबाट भूवनबहादुर सुनार रहेका छन् ।
गण्डकी प्रदेशको पोखरामा सम्पन्न निर्वाचनमा खुल्ला तर्फबाट नेपाली काँग्रेसका कमला पन्त र दलित कोटामा नेकपा (माओवादी केन्द्र)का भूवनबहादुर सुनार बिजयी भएका हुन् ।
पन्त र सूनार ५ दलिय गठबन्धनबाट बिजयी भएका हुन् । निर्वाचनमा पन्तले स्थानिय तहबाट ९४ मत (१ हजार ६९२ मत भार) पाए भने प्रदेशसभा सदस्य तर्फबाट २९ मत (१ हजार ३९२ मत भार) पाएका थिए । पन्तका प्रतिद्वन्दी एमालेका लिला पोखरेलले स्थानिय तहबाट ७४ मत (१ हजार ३३२ मत भार) र प्रदेश सदस्यको तर्फबाट २९ मत (१ हजार ३९२ मत भार) पाएका थिए ।
त्यस्तै गरी, दलित कोटा तर्फ सूनारले स्थानिय तहबाट ९१ मत (१ हजार ६३८ मत भार) र गण्डकी प्रदेश सदस्य तर्फबाट २९ मत (१ हजार ३९२ मत भार) पाएका थिए । सूचनाका प्रतिद्वन्दी एमालेका अर्जुनकुमार सूनामले स्थानिय तर्फबाट ७४ मत (१ हजार ३३२ मत भार) र प्रदेश सभा सदस्य तर्फबाट २९ मत (१ हजार ३९२ मत भार) पाएका थिए ।




















