गोरखा । गोरखामा बुधबार थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको विभिन्न स्थानिय तहमा गरेको एन्टिजेन परिक्षणका क्रकमा थप ३७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयले आज सार्वजनिक गरेको विवरण अनुसार ३७ जना महिला र ३१ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा १७ जना महिला र २० जना पुरुषमा संक्रमण देखिएको हो ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा ८ जना महिला र ४ जना पुरुष गरी १२ जना र पालुङटार नगरापालिकामा ३ जना महिला र ४ जना पुरुष गरी ७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी, आरुघाट गाउँपालिकामा ५ जना महिला र ७ जना पुरुष गरी १२ जना र अजिकोट गाउँपालिकामा १ जना महिला र ५ जना पुरुष गरी ६ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
आज संक्रमण देखिएका सहित जिल्लाको ११ वटै स्थानिय तहमा ४११ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।





















