गोरखा । गोरखा जिल्लका ९७ जना शिक्षकहरु कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवा हुने भएका छन् ।
नेपाल सरकार शिक्षक सेवा आयोग सानो ठिमी भक्तपुरले आज अन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यसम्पादन मूल्याङकन आधार शिक्षक पदको बढुवाका लागि बिज्ञापन खुलाए संगै जिल्लाका ९७ शिक्षको लागि अवशर खुलेको हो ।
आयोगले खुलाएको बिज्ञापनमा गोरखा जिल्लाबाट ७५ प्रतिसत कार्यसम्पादन मूल्याङकनका आधारमा ७४ जना र २५ प्रतिसत कार्यसम्पादन मूल्याङकनका आधारमा २३ जना शिक्षकहरुले बढुवाको अबसर पाउनेछन् ।
आयोगका अनुसार प्राथामिक द्धितिय श्रेणीदेखि माध्यामिक प्रथम श्रेणीसम्मका लागि बिज्ञापन खुल्ला गरेको हो । प्रतियोगितामा सहभागी हुन चाहाने प्रतियोगीहरुले अनलाइन फारम मार्फत कागजात पेश गर्न आयोगले अनुरोध गरेको छ ।






















