गोरखा । गोरखाको विभिन्न स्थानिय तहमा मंगलबार गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ३० जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार २२ जना महिला र ३३ जना महिला गरी ५५ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ११ जनाम महिला र १९ जना पुरुषमा संक्रमण देखिएको हो ।
आज संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा ६ जना महिला र ९ जना पुरुष गरी १५ जना, पालुङटार नगरपालिकामा १ जना महिला र गण्डकी गाउँपालिकामा ६ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी, आरुघाट गाउँपालिकामा ३ जना महिला र १ जना पुरुष गरी ४ जना र चुम नुब्री गाउँपालिकामा १ जना महिला र ३ जना पुरुषमा गरी ४ जनामा संक्रमण देखिएको छ ।
कार्यालयले आज जारी गरेको विवरण अनुसार आजको संक्रमण दर ५४.५४ प्रतिशत रहेको र जिल्लामा ३९८ जना सक्रिय संक्रमित रहेका छन् ।



