गोरखा । गोरखाको विभिन्न स्थानिय तहमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ७७ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखाले सार्वजनिक गरेको विवरण अनुसार ५८ जना महिला र ८० जना पुरुष गरी १३८ जनामा गरिएको परिक्षणमा ३५ जना महिला र ४२ जना पुरुष गरी ७७ जनामा संक्रमण देखिएको हो ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा १० जना महिला र ७ जना पुरुष गरी १७ जना, पालुङटार नगरपालिकामा १ जना महिला र २ जना पुरुष गरी ३ जना, आरुघाट गाउँपालिकामा ५ जना पुरुष र धार्चे गाउँपालिकामा २ जना महिला र ४ जना पुरुष गरी ६ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै गरी, शहिद लखन गाउँपालिकामा १–१ जना महिला र पुरुष गरी २ जना, भीमसेन थापा गाउँपालिकामा ५ जना महिला र २ जना पुरुष गरी ७ जना, बारपाक सुलिकोट गाउँपालिकामा ५ जना महिला र ३ जना पुरुष गरी ८ जनामा संक्रमण देखिएको छ ।
उता चुमनुब्री गाउँपालिकामा ३ जना महिला र २ जना परुष गरी ५ जना, अजिरकोट गाउँपालिकामा २ जना महिला र १० जना पुरुष गरी १२ जनामा र सिरानचोक गाउँपालिकामा ६–६ जनाम महिला र पुरुषमा गरी १२ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
योसंगै गोरखा जिल्लाको ११ वटै स्थानिय तहमा सक्रिय संक्रमितको संख्या ३६८ जना पुगेको छ । जिल्लाको गोरखा नगरपालिकमा सबै भन्दा धेरै संक्रमित रहेको पनि कार्यालयले जनाएको छ । जहाँ १६७ जना सक्रिय संक्रमित छन् ।



