गोरखा । गोरखाको सबै स्थानिय तहमा कोरोना संक्रमण फैलिए संगै पालिकामा काम गर्ने कर्मचारीहरुमा पनि संक्रमण देखिन थालेको छ । पछिल्लो पटक पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाको कर्मचारीहरुमा संक्रमण देखिए संगै पालिकाको सबै सेवा बन्द गरिएको छ ।
दुवै पालिकाले सूचना जारी गर्दै अत्यावश्यकीय काम बाहेकका सबै सेवाहरु बन्द भएको सर्व साधारणलाई सूचना जारी गरेको छ । पालुङटार नगरपालिका आइतबार र सोमबार २ दिन बन्द रहने छ ।
धार्चे गाउँपालिकाले जारी गरेको सूचनामा गाउँपालिका केन्द्र रहेको माछाखोलालाई शिल गर्ने निर्णय भएको भन्दै माघ १४ गतेसम्म गाउँपालिका तथा वडा कार्यालय तथा बित्तिय संस्थाहरु बन्द रहने जानकारी गराएको छ । धार्चेको सदरमुकाम माछाखोला आजदेखी शुक्रबारसम्म अर्थात माघ १० गतेदेखी १४ गतेसम्म शिल गरिएको हो ।
धार्चेले माछाखोलामा रहेको खाद्यान्न पसल बिहान ७ः०० बजेदखेी ९ः०० बजेसम्म साझ ५ः०० बजेदेखी ६ः०० बजेसम्म खुल्ला गर्न पाउने र स्वास्थ्य संग सम्वन्धी पसलहरु २४सै घण्टा खुल्ला गर्न पाउने निर्णय गरेको छ ।
दुवै स्थानिय तहमा काम गर्ने कर्मचारीहरुका संक्रमण देखिए संगै दुवैले पालिकाको अत्यावश्यकीय काम बाहेक सबै सेवा बन्द गरेको जनाएको हो ।



