गोरखा । गोरखाको विभिन्न स्वास्थ्य संस्थामा गरिएको एन्टिजेन परिक्षणका क्रममा आइतबार थप ४४ जनामा संक्रमण पुष्टी भएको छ । जिल्लाको विभिन्न स्थानमा ६७ जनामा गरिएको एन्टिजेन परिक्षणमा ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये ३८ जना महिला र ३९ जना पुरुषमा गरिएको परिक्षणमा २१ जना महिला र २३ जना पुरुष संक्रमित फेला परेको हो ।
कार्यालयले उपलब्ध गराएको विवरण अनुसार गोरखा नगरपालिकामा १ जना महिला २ जना पुरुषमा गरिएको परिक्षणमा १ जना महिला र २ जना पुरुष, गोरखा अस्पतालमा ३० जना महिला र १७ जना पुरुषको परिक्षणमा १४ जना महिला र १० जना पुरुष तथा पालुङटार नगरपालिकामा २ जना महिला र ५ जना पुरुषमा गरिएको परिक्षणमा १ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै गरी, आरुघाट गाउँपालिकामा ३ जना महिला र १२ जना पुरुषमा गरिएको परिक्षणमा ३ जना महिला र ६ जना पुरुष, शहिद लखन गाउँपालिकामा १ जना महिला तथा भीमसेन थापा गाउँपालिकामा १ जना महिला र ३ जना पुरुषमा गरेको परिक्षणमा १ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा संक्रमणको दर ५७.१४ प्रतिशत पुगेको छ । आइतबार ४४ जनामा संक्रमण देखिए संगै जिल्ला भित्र सक्रिय संक्रमितको संख्या ३१३ जना पुगेको छ ।



