काठमाण्डौं । ‘पहिलो यो माया’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक प्रकाश धितालको निर्देशनमा तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ ।
गीतमा युवा गायक बिरेन रसाइलीको स्वर रहेको छ । सीडी विजय अधिकारीले संगीतवद्द गरेको यस गीतमा दिलिप घिमिरेको शब्द रहेको छ । गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । भिडियोमा अमिषा सुवेदी समेत फिचर्ड छिन् ।
ताज प्यालेसमा छायाँकन गरिएको यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ । भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।
निर्माणकर्ताद्वय रनमाया रसाइली र कुसुम न्यौपाने रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।




















