गोरखा । गोरखाको ७ स्थानिय तहमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ५१ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार १०८ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ५१ जनामा संक्रमण पुष्टी भएको हो ।
बिहीबार संक्रमण देखिएका मध्ये ४८ जना महिला र ६० जना पुरुष गरी १०८ जनामा एन्टिजेन परिक्षण गर्दा २१ जना महिला र ३० जना पुरुष गरी ५१ जनामा संक्रमण देखिएको छ । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या २५७ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा ३ जना महिला ५ जना पुरुषको परिक्षणमा २ जना महिला र ३ जना पुरुष, गोरखा नगरपालिकामा १५ जना महिला र २२ जना पुरुषमा गरिएको परिक्षणमा ८ जना महिला र १५ जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै गरी, पालुङटार नगरपालिकामा ११ जना महिला र १४ जना पुरुषमा गरिएको परिक्षणमा ४ जना महिला र ५ जना पुरुष, आरुघाट गाउँपालिकामा १० जना महिला र १२ जना पुरुषमा गरिएको परिक्षणमा ६ जना महिला र ३ जना पुरुष, भीमसेन थापा गाउँपालिकामा २ जना महिला र ३ जना पुरुषको परिक्षणमा १–१ जना महिला र पुरुष, चुमनुब्री गाउँपालिकामा ६ जना महिला र ३ जना पुरुषमा गरिएको परिक्षणमा २ जना पुरुष र अजिरकोट गाउँपालिकामा १–१ जना महिला र पुरुषमा गरिएको परिक्षणमा १ जना पुरुषमा संक्रमण देखिएको हो ।



