गोरखा । गोरखा अस्पतालमा उपचारको क्रममा आज १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्तक ब्यक्ति गोरखा नगरपालिका ११ का ४३ बर्षिय ब्यक्ति भएको गोरखा अस्पतालले जनाएको छ ।
आजै उपचारको लागी ल्याइएका ति ब्यक्तिको अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको गोरखाका सूचना अधिकारी कृण्ण ढकालले बताए ।
उपचारका लागी ल्याईएका ति ब्यत्तीको पेटभित्रै रक्तश्राव भएको र केही बेरको उपचार पश्चात उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
मध्यान्न १२ बजे तिर ल्याईएका ति ब्यत्तिको एन्टिजेन परिक्षणका क्रममा पोजेटिभ देखिएको गोरखा अस्पतालले जनाएको छ ।




















