गोरखा । आज सिरानचो गाउँपालिकामा १५ जना कोरोना संक्रमित थपिए संगै सक्रिय संक्रमितको संख्या जिल्लामा २०८ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय गोरखाले उपलब्ध गराएको विवरण अनुसार १२ जना महिला र १३ जना पुरुषमा बुधबार गरिएको एन्जिेन परिक्षणका क्रममा ८ जना महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो ।
बुधबार मात्रै जिल्लाको ६ स्थानिय तहमा ५९ जना जना कोरोना संक्रमित थपिएको छ । योसंगै गोरखा नगरपालिमामा १२१ जना, पालुङटार नगरपालिकामा ११ जना, भीमसेन थापा गाउँपालिकामा ९ जना र शहिदलखन गाउँपालिकामा १६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै गरी, बारपाक सुलिकोटमा १ जना, सिरानचोक गाउँपालिकामा २२ जना, आरुघाट गाउँपालिकामा २७ जना र धार्चे गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।
जिल्लाको अजिरकोट, गण्डकी र चुमनुब्री गाउँपालिकामा भने सक्रिय संक्रमित नभएको पनि कार्यालयले जानकारी दिएको छ ।



