गोरखा । गोरखामा आज १ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत ति महिलाको अस्पतालबाट डिस्चार्ज भए लत्ततै ज्यान गएको हो ।
पालुङ्गटार २ को खोप्लाङ्ग घर भएकी ६९ बर्षिया ति महिला क्यान्सबाट पिडीत भएको र उनलाई गोरखा अस्पतालमा उपचारको क्रममा एन्टिजेन परिक्षण गर्दा ३ गते सोमबार संक्रमण पुष्टी भएको थियो ।
अन्तिम अवस्थामा रहेकी ति महिलाको परिवारले घरमा लान दिन आग्रह गरे पछि आजै दिउसो १२ बजे गोरखा अस्पतालले उनलाई डिस्चार्ज गरेको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए । ‘बिरामीको अवस्था हेरेर हामीले अस्पतालमा नै राखेर उपचार गर्न भनेका हौ तर परिवार जनले नमाने पछि हामीले दिउसो १२ बजे डिस्चार्ज गर्यौ’ सूचना अधिकारी ढकालले भने ।
अस्पताल स्रोतका अनुसार मृत्तक महिला कलेजो क्यान्सरबाट पिडित थिइन् ।




















